प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा सिलगढीमा प्रदर्शनी मेलाको आयोजना

सिलगढी प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा सिलगढी सांगठनिक जिल्ला भाजपा युवा मोर्चाको तर्फबाट मोदीको जीवनीबारे एउटा प्रदर्शनी मेलाको आयोजना गरियो। सिलगढी नगरनिगमको 4 नम्बर वार्डको महानन्दापाडाको एउटा क्लबको हल घरमा उक्त मेलाको आयोजना गरिएको छ। जलपाईगढी जिल्लाका सांसद जयन्त रायले दीप प्रज्ज्वलन गर्नको साथै रिबन काटेर प्रदर्शनी मेलाको उद्घाटन गरे। दुई दिनव्यापी उक्त प्रदर्शनी मेलामा प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीका केही झलकहरू देखाइनेछ।


उक्त प्रदर्शनी मेलाको उद्घाटन कार्यक्रममा सिलगढीका विधायक शङ्कर घोष, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा जयन्त रायले भने, मोदीको सेवा तथा तिनको समर्पणको एउटा अंशको रूपमा उक्त प्रदर्शनी मेलाको आयोजना गरिएको हो। प्रधानमन्त्री मोदीले आफूहरूको लागि के-के गरेका छन् भन्ने कुरालाई उक्त प्रदर्शनी मेलाको माध्यमद्वारा मानिसहरूलाई जानकारी गराइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *