प्रधानमन्त्री र गृहमन्त्रीले विभिन्न ठाउँहरूमा चुनाउ प्रचार गरेर चुनाउ आचार संहिताको उल्लङ्घन गरिरहेको छ : अशोक भट्टाचार्य

सिलगढी : सिलगढी विधानसभा आसनको संयुक्त मोर्चाका वाम प्रार्थी अशोक भट्टाचार्यले गृह मन्त्री अमित शाह र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि विभिन्न ठाउँहरूमा चुनाउ प्रचार गरेर चुनाउ आचार संहिताको उल्लङ्घन गरेको आरोप लगाएका छन्। तिनले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। तिनले बताएअनुसार केन्द्रीय गृहमन्त्री अमित शाहले  विभिन्न ठाउँहरूमा चुनाउ प्रचार गर्दै वाचाहरू गरिरहेका छन् भने यसले चुनाउ आचार संहिताको उल्लङ्घन भइरहेको छ। अमित शाहले हिजो सिलगढीमा रोड शो गरेकोले सहरका सडकहरू अवरोध गरिएको थियो भने यहाँको विभिन्न ठाउँहरूमा आरएसएसको झण्डा लगाइएको थियो। यसले गर्दा चुनाउ आचार संहिताको उल्लङ्घन गरे तापनि कसैले यसलाई वास्ता नगरेको तिनले बताए। यसैले अब सिलगढी सहरमा रातो झण्डा लगाइनेछ। यदि चुनाउ आयोग उक्त झण्डा खोल्न आएको खण्डमा तिनीहरूले यसको जवाब दिनेछन् भनी तिनले चेताउनी दिएका छन्। धेरैजना भाजपा नेताहरूले भड़काउ टिप्पणी दिए तापनि तिनीहरूविरुद्ध चुनाउ आयोगले किन कुनै प्रकारको कठोर कार्वाही नगरेको भन्दै अशोक भट्टाचार्य र जीवेश सरकारले प्रश्न खडा गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *