प्रधानमन्त्री उज्ज्वला योजनाको ग्यासको बद्ली रुपियाँ लिएको आरोपमा युवक पक्राउ

राजगञ्ज : प्रधानमन्त्री उज्ज्वला योजनाको ग्यासको बद्ली रुपियाँ लिएको आरोपमा राजगञ्ज पुलिसले आज एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक बेलाकेवा संलग्ल मुर्गीभिटा निवासी दीपाङ्कर दासको रूपमा चिन्हित गरिएको छ। केन्द्र सरकार पीएम उज्जवला योजनाअन्तर्गत गरिबी रेखामुनि जीवनयापन गर्ने परिवारलाई फ्री घरेलु ग्यासको कनेक्शन दिइने गर्दछ। तथापि, दीपाङ्कर दासले ग्यास कनेक्शन दिलाउनको बद्ली एक देखि डेढ़ हजार रुपियाँ लिएको आरोप रहेको छ। इलाकामा दीपाङ्कर दास भाजपा कार्यकर्ताको रूपमा चिनिने गरिन्छ। दीपाङ्कर दासले उज्ज्वला ग्यास स्टक राखेर इलाकाको केही मानिसहरूलाई एकदेखि डेढ़ हजार रुपियाँमा बेच्ने गरेको आरोप रहेको छ। यस सम्बन्धमा प्रकाश दासले थानामा अभियोग दर्ता गरेका थिए। भाजपा जिल्लाध्यक्ष बापी गोस्वामीले बताएअनुसार दीपाङ्कर दास पार्टीमा कुनै पदमा छैन। यस्ता मानिसहरू विधानसभा चुनाउको समय आफ्नो स्वार्थको लागि आएका थिए। यदि तिनी दोषी छन् भने तिनीविरुद्ध कार्वाही गरियोस्। अर्कोतिर, राजगञ्जका विधायक खगेश्वर रायले भने, इलाकामा केही मानिसहरूलाई दीपाङ्करले निःशुल्क ग्यास दिलाइदिने नाममा रुपियाँ लिने गर्दथे। आरोपीविरुद्ध उचित कार्वाही गरिनुपर्ने तिनले माग गरेका छन्। राजगञ्ज पुलिसले दिएको जानकारी अनुसार अभियोगको आधारमा दीपाङ्कर दासलाई पक्राउ गरेको हो। पक्रा परेका दीपाङ्करलाई 14 दिनको पुलिस हिरासतमा लिइने आवेदन गर्दै आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *