प्रधान नगर पुलिसद्वारा दुईजना बदमाश पक्राउ

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको प्रधान नगर थाना पुलिसले गत राति मनोज मान्की उर्फ लाल र मुन्ना उराँव उर्फ पाण्डे नाम गरेका दुईजना दुष्कृतिलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार हालै चम्पासारी अनि मिलन मोड़को दोकानहरूमा चोरी भएकोबारे प्रधान नगर थानामा अभियोग दर्ता गरिएको थियो। यसबारे पुलिसले जाँच शुरू गरेपछि सादा पोशाकमा गएर गत राति यी दुईजनालाई पक्राउ गरे। यसभन्दा अघि पनि कतिपय अपराधिक मामिलामा यी दुईजना बदमाशलाई पुलिसले पक्राउ गरिसकेको बताइएको छ। पक्रा पर्ने दुवै जनालाई आज सिलगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *