प्रधाननगर थाना परिसरमा भएको अग्निकाण्ड घटनाका 3 जना आरोपी पक्राउ

सिलगढी : प्रधाननगर थाना अघि गत शुक्रवार राति सीज गरिएको वाहनहरूमा आगलागी भएको घटनाका 3 जना आरोपीलाई पुलिसले पक्राउ गरेको छ। पक्रा परेकाहरूमा क्रमैले रूपेश अग्रवाल, राहुल कुमार र उदय पाण्डे सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार प्रधाननगर थाना अघि गत शुक्रवार राति सीज गरिएको वाहनहरूमा योजनाबद्ध रूपमा आगो लगाइएको हो। पुलिसले अगावै यसबारे सन्देह लागेको थियो। सीज गरिएको वाहनहरू रूपेश अग्रवालको जमिनमा राखिएको थियो भने उक्त जमिन खाली गराउनको लागि राहुल कुमार र उदय पान्डेसित मिलेर रूपेशले पेट्रोल छड्केर आगो लगाएको घटना सीसीटी टीभी क्यामारामा कैद भएको बताइएको छ। यसैको आधारमा पुलिसले गत राति 3 जना आरोपीलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *