प्रधान नगर थाना पुलिसद्वारा चोर पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले एमडी सबीकुल नाम गरेको एकजना चोरलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पुलिस सूत्रले दिएको जानकारी अनुसार एमडी सबीकुल हालैमा केही साना-ठुला चोरीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ भइसकेको थियो। केही दिन अघि मात्र तिनी जेलबाट रिहा भएका थिए भने तिनले चोरी गर्ने कार्य फेरि शुरू गरेका थिए। हालै प्रधान नगर थाना अन्तर्गत इलाकामा केही चोरीको घटना घटेपछि जाँचमा जुटेका पुलिसले एमडी सबीकुल  चोरीको घटनामा सामेल रहेको थाहा पाए। यसपछि पुलिसले अभियान चलाएर गत राति एमडी सबीकुललाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *