प्राध्यापकले छात्रालाई प्रतडना दिएको आरोप, सिलगढी कलेजमा प्रदर्शन एवं ज्ञापन

सिलगढी, 29 नोभेम्बर (निसं): सिलगढी कलेजका एकजना प्राध्यापक माथि एकजना छात्रालाई दु:ख दिने गरेको आरोप लागेको छ। घटना सार्वजनिक भएपछि तृणमूल विद्यार्थी परिषदले कलेजमा विरोध प्रदर्शन गऱ्यो। यसको साथै कलेजका प्रिन्सिपललाई ज्ञापन सुम्पिएको छ। प्राप्त जानकारी अनुसार, अङ्ग्रेजी विभागका एकजना प्राध्यापकले कलेजकी एकजना छात्रालाई धेरै दिनदेखि परेशान गर्दै आइरहेका थिए। उनले छात्रालाई धेरै पटक व्हाट्सएप मार्फत म्यासेसहरू पनि पठाएको आरोप लगाइएको छ। घटनापछि छात्रा र उनको परिवारले तृणमूल विद्यार्थी परिषदलाई जानकारी दिएका थिए। यसपछि उक्त घटनालाई लिएर तृणमूल विद्यार्थी परिषदका सदस्यहरूले उक्त आरोपी प्राध्यापकको विरोधमा प्रदर्शन गरे। यसपछि तिनीहरूले कलेजका प्रन्सिपल सुजीत घोषलाई ज्ञापन पनि दिएका छन्। यस सम्बन्धमा तृणमूल विद्यार्थी परिषदका युनिट अध्यक्ष ओम चक्रवर्तीले भने, “छात्राले हामीलाई गुनासो गरेका छन्। आज हामीले प्राध्यापकको विरोधमा कलेजका प्रमुखलाई ज्ञापन दिएका छौं। हामीले सो प्राध्यापकलाई तुरुन्तै बर्खास्त गर्ने माग गरेका छौं। यो विषय आइसीसी कमिटी समक्ष राखेका छौ। तिनीहरूको रिपोर्टको आधारमा नै कार्वाही गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasibom girişcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibom