प्राध्यापक अमिताभ कान्जीलालविरुद्ध यसभन्दा अघि पनि विविध आरोप रहेको मन्त्री गौतम देवको दावी

सिलगढी : प्राध्यापक अडियो काण्डलाई लिएर सिलगढी सहरमा सनसनी मच्चिएको छ। आरोपी प्राध्यापकविरुद्ध यसभन्दा अघि पनि धेरै मामिलामा तिनीविरुद्ध आरोप उठिसकेको राज्यका पर्यटन मन्त्री गौतम देवले बताए। मन्त्री देव आज कोलकाताबाट सिलगढी फर्किआएपछि पत्रकारहरूसित कुराकानी गर्दै उक्त मन्तव्य पोखेका हुन्। तिनले प्राध्यापकविरुद्ध पहिला पनि धेरैवटा आरोप रहे तापनि यसभन्दा अघि तिनीविरुद्ध कुनै लिखित अभियोग दर्ता भएको थिएन। तर यसपल्ट प्राध्यापक अमिताभ कान्जीलालविरुद्ध अभियोग दर्ता गरिएको साथै शिक्षा विभागको कानुनअनुसार तिनीविरुद्ध कार्वाही गरिने मन्त्री देवले बताए। आरोपी प्राध्यापक कान्जीलाल अशोक भट्टाचार्यका पार्टीको सदस्य रहेको साथै तिनकै संसर्गमा रहेकोले गर्दा आरोपी प्राध्यापकलाई तिनले यस प्रकारको गलत कार्यहरू गर्नबाट रोक्ने उचित परामर्श दिनुपर्ने मन्त्री देवले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *