प्राध्यापक अडियो काण्डबारे सिलगढी कलेज प्रबन्धनद्वारा पुलिस कमिश्नरलाई ज्ञापन 

सिलगढी सिलगढीमा एकजना कलेजका प्राध्यापकको अडियो काण्ड प्रकाशमा आएपछि सिलगढी कलेज प्रबन्धनका सदस्य जयन्तो करले आज सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नर त्रिपुरारी अथर्वसित भेट गरेर एउटा ज्ञापन पत्र चढाए। उल्लेखनीय छ, केही दिन अघि परीक्षा उतीर्ण गराउनको लागि उक्त प्राध्यापकले एकजना छात्रालाई रुपियाँ मागेको अडियो क्लिप भाइरल भएको थियो। उक्त अडियो क्लिप सिलगढी कलेजको अर्थशास्त्रका प्राध्यापक अमिताभ कान्जीलालको हो भन्ने कुरा सार्वजनिक भएपछि आरोपी प्राध्यापकविरुद्ध मतिगढा थानामा अभियोग दर्ता गरिएको थियो। यसपछि आज सिलगढी कलेज प्रबन्धन कमिटीका सदस्य जयन्तो करले उक्त अडियो काण्डको निष्पक्ष जाँच एवम् यस मामिलामा संलग्न मानिसहरूविरुद्ध कठोर कार्वाही गरिनुपर्ने मागलाई लिएर पुलिस कमिश्नरसित भेट गरेर एउटा ज्ञापन पत्र चढाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *