प्रदूषण बढिरहेकोले महानन्दा नदीलाई बचाउन महानन्दा बचाउ कमिटीद्वारा ग्रीन ट्रिब्युनलमा याचिका दर्ता

सिलगढी : महानन्दा बचाउ कमिटीले महानन्दा नदीलाई बचाउनको लागि ग्रीन ट्रिब्युनलमा एउटा याचिका दर्ता गरेको छ। संगठनको तर्फबाट आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गर्यो। पत्रकारहरूलाई सम्बोधन गर्दै कमिटीका अध्यक्ष निधु भूषण दासले महानन्दा नदी महत्वपूर्ण नदी हो। हाल नदीमा प्रदूषण बढ्दै गइरहेको छ। महानन्दा पुलको छेउछाउबाट अवैध रूपमा बालुवा खनन गरिरहेको छ। स्मरण रहोस्, केही दिन अघि सिलगढी नगरनिगमको बोर्डका चेयरम्यान गौतम देवले महानन्दा नदीको निरीक्षण गरेका थिए। यस अवधि तिनले नदी किनारको जमिनमा अत्याधुनिक पार्किङको व्यवस्था गरिने बताएका थिए। तर ग्रीन ट्रिब्युनलका सदस्यहरूले बताएअनुसार महानन्दा नदीको किनारमा स्थायी निर्माण गरियो भने महानन्दा नदी किनारमा रहेका बस्तीहरू लगायत सिलगढी सहरको परिस्थिति विकट हुनेछ। यसैले ग्रीन ट्रिब्युनलमा यसबारे याचिका दर्ता गरिएको बताइएको छ। यस सम्बन्धमा नगरनिगमको प्रशासक बोर्डका सदस्य रञ्जन सरकारले याचिकाबारे आफूलाई केही थाहा नभएको बताउँदै आफूहरूको नारा क्लिन एन्ड ग्रीन सिटी रहेको जनाए। सिलगढीका मानिसहरूले सबै ठाउँहरूमा विकास चाहन्छन्। कुनै पनि ठाउँलाई बिगार्ने सिलगढी नगरनिगमको सोँच नरहेकोले नगरनिगमको जमिनमा विकास कार्य हुनेछ भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *