प्रदूषणमुक्त गर्न एनजेपी रेलवे स्टेसनमा बोतल क्रसर मसिन जडान

सिलगढी : रेलवेलाई प्रदूषणमुक्त गर्ने रोटरी क्लबले विशेष पहल शुरू गरेको छ। रोटरी क्लब अफ् सिलगढी उत्तरायन बिलिभर्सको तर्फबाट आज एनजेपी रेलवे स्टेसनमा बोतल क्रसर मसिन लगाइएको छ। प्राप्त जानकारीअनुसार आज एनजेपी रेलवे स्टेसनको 1 नम्बर प्लाटफर्ममा उक्त मसिन लगाइएको छ। उक्त मसिनको माध्यमद्वारा प्लास्टिकको बोतल निष्क्रिय गरिनेछ। उक्त मसिनको आज रेलवे कटिहार डिभिजनको न्यु जलपाईगढी एडीआरएम सञ्जय चिलवारवारले विधिवत् उद्घाटन गरे। यस अवसरमा रोटरी क्लबका किरण कायेम लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *