प्रगतिशील नागरिक मञ्च, छोटाटिङलिङ विजयी

मिरिक: मिरिक महकुमाको खोप्रेल युवा संघले आयोजना गरेको नगद राशि खुल्ला फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा प्रगतिशील नागरिक मञ्च, छोटाटिङलिङले बेलगाछी सुनिल सेभेनलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको छ। खुबै रोमाञ्चक रहेको दोस्रो सेमिफाइनल म्याचमा निर्धारित समयसम्म पनि दुवै टोलीको स्कोर बराबर रहेपछि अन्तमा खेलाइएको ट्राइब्रेकरमा 2 गोलको विरूद्ध 3 गोल दागेर प्रगतिशील नागरिक मञ्च, छोटाटिङलिङ फाइनलमा प्रवेश गर्न सफल बनेको छ। अब 1 नोभेम्बरको दिन हुने फाइनल म्याचमा खोप्रेल अभिनम सेभेनसँग प्रगतिशील नागरिक मञ्चको भिडन्त हुने आयोजक समितिका आशिष खवासले जानकारी दिएका छन्। फाइनल खेलमा विजयी टोलीलाई उत्कृष्ट ट्रफीसहित नगद राशि 25 हजार अनि पराजित टोलीलाई 15 हजारसहित ट्रफी प्रदान गरिने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *