प्रजातान्त्रिक असङ्गठित श्रमिक सङ्गठन टोलीले एसिस्टेन्ट लेबर कमिश्नर युडेन लेप्चालाई चढाए ज्ञापन

खरसाङ (निसं) : प्रजातान्त्रिक असङ्गठित श्रमिक सङ्गठनको टोलीले खरसाङ महकुमा समितिको सभापति बीरबल पाख्रीनको अगुवाईमा पश्चिम बंगाल श्रम विभागको नयाँ बजार खरसाङस्थित श्रम कार्यालयमा एसिस्टेन्ट लेबर कमिस्नर युडेन लेप्चालाई भेटेर एउटा ज्ञापन पत्र चढाए। यस टोलीमा सङ्गठनका उप सभापतिहरु बिजय गुरुङ र रञ्जन तामङ, सह-सचिव प्रसाद सुन्दास, मूल कोषाध्यक्ष चन्दन गुरुङ, होटल सेक्टर सभापति समीर गुरूङ, सेल्सम्यान सेक्टरको सचिव प्रसाद शर्मा र सदस्य जीवन प्रधान सामेल थिए। आज बुझाएको ज्ञापन पत्रमा दैनिक हाजिरीमा काम गर्ने श्रमिकहरूका श्रम विभागबाट पाउने साहुलियतहरू किन बन्द भ‌एको, सेल्सम्यान सेक्टरका सदस्यहरुका समस्याहरू, स्थानीय होटलहरुमा 80 प्रतिशत प्रशिक्षित युवाहरुले काम पाउनु पर्ने, स्थानीय सरकारी ठेकेदारहरूले कुनै पनि काम गर्दा धरौटीको रकम जम्मा गर्नु परे झैं प्रवासी श्रमिकहरुले पनि कुनै पनि ठेकाको काम लिइँदा मालिकवर्गको सुरक्षाको निम्ति धरौटी रकम जम्मा गर्नुपर्ने अनि घर मालिकले प्रवासी श्रमिकहरूलाई घर किरायमा दिनु अघि तिनीहरुको सठीक प्रमाण भ‌एको कागज पत्रको जाँच गरिदिने मांग गरेका छन्। युडेन लेप्चा एसिस्टेन्ट लेबर कमिस्नरले यी सबै कुराहरुमाथि गम्भीरतासाथ पहल गरिदिने आश्वासन दिएको साथै श्रमिकहरुको नानीहरुको निम्ति सिलगढीमा स्किल्ड डेभलपमेन्ट इन्स्टिट्युट खोलिन लागिरहेको खबर पनि प्रतिनिधिहरूलाई दिएका छन्। अर्कोतिर, भागोप्रमो-को भातृ सङ्गठन प्रजातान्त्रिक असङ्गठित श्रमिक सङ्गठनले सदैव स्थानीय श्रमिकहरुको हित अनि अधिकारको निम्ति कार्य गर्नेछ। भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको सोंचलाई आत्मासाथ गर्दै अघि बढ्ने छ तिनीहरूले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *