प्रजातान्त्रिक असङ्गठित श्रमिक संगठन खरसाङ महकुमा समितिको सभा सम्पन्न

खरसाङ (निसं) : प्रजातान्त्रिक असङ्गठित श्रमिक सङ्गठन खरसाङ महकुमा समितिको सभा सङ्गठनको अध्यक्ष बीरबल पाखरिङको अध्यक्षतामा सम्पन्न भयो। सभामा विशेष गरेर आगामी 11 दिसम्बर 2022 मा हुने स्थापना दिवसबारे छलफल गरिएको छ। उक्त दिन खरसाङ वरिपरिका दैनिक काम-काजहरु बन्द राखिदिने संगठनको पक्षबाट अनुरोध गरिएको छ। उक्त स्थापना दिवस कार्यक्रममा दैनिक रोजीरोटी गरेर खाने श्रमिकवर्ग सेल्सम्यान सेक्टर,होटल सेक्टरका सदस्यहरु, दिलाराम, सिटोङ महानदी, टुङ्ग, महारानी साथै खरसाङ क्षेत्रका श्रमिकहरु उपस्थित हुने जानकारी सङ्गठनका कार्यवाहक अध्यक्ष एलजिन ब्राह्मणले दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *