प्रजातान्त्रिक श्रमिक संगठन खरसाङ महकुमा समितिको गठन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन प्रजातान्त्रिक श्रमिक संगठन खरसाङ महकुमा समिति गठन गरियो। श्रमिक संगठनको प्रमुख संयोजक अमिर प्रधानको अध्यक्षतामा बसिएको सभामा भागोप्रमो केन्द्रिय सदस्य लक्ष्मन राई, भागोप्रमो खरसाङ महकुमा महासचिव प्रणाम रसाइली, कार्यकारी सदस्य नर्बु योञ्जन, सांगठनिक सचिव मिरेन लामा, हेन्द्री खाईबा, कार्यालय सचिव प्रणय रोका, टाउन कमिटी महासचिव सुटूर्य कमल छेत्रीको विशेष उपस्थिति रहेको थियो। बीरबल पाख्रिनले सञ्चालन गरेको सभामा होटल सेक्टर, सेल्सम्यान सेक्टर, कन्स्ट्रक्टर सेक्टरका सदस्यहरूको उपस्थिति रहेको थियो। गत सेप्टेम्बर महिनाको अन्तिम सातामा संगठन प्रक्रिया गठन हेतु को-अर्डिनेशन कमिटी बनाएको थियो भने आज उक्त कमिटी विघटन गरेर प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समिति गठन गरियो। उक्त संगठनको अध्यक्षको रुपमा बीरबल पाख्रिन, उपसभापति बिजय गुरुङ, शयाम राई, राजेन तामाङमहासचिव एल्जिन ब्राह्मण, सहसचिव मुन्ना तामाङ, दिवाङ लामा, एरिक आमोस, कोषाध्यक्षमा चन्दन गुरुङ साथै 21 जनाको कार्यकारी सदस्यहरू चयन गरियो।


विभिन्न सेक्टर रहेको यस संगठनको लागि को-अर्डिनेटरहरूको चयन गरिएको साथै तिनीहरूले दुई साताभित्र आ-आफ्नो संगठन गठन गर्नुपर्ने जिम्मेवारी पनि दिएको छ। यसमा सेल्समेन सेक्टरको अभिभारा मणिकुमार गुरुङ, होटल सेक्टरमा दिवाङ लामा अनि सोनल विश्वकर्मा, कन्स्ट्रकसन सेक्टरमा अशोक प्रधान, प्रभाकर रोका साथै एल्जिन ब्राह्मण, टेलर युनियन गठन हेतु अमिर प्रधान र हेनरी खाईबालाई जिम्मेवारी  दिइएको छ। यसैगरी, सिटोङ क्षेत्रमा श्रमिक संगठनको लागि भरत छेत्री, बिक्रम छेत्री, दिलाराम क्षेत्रको श्रमिक संगठनको लागि श्याम राई आदिलाई चयन गरेर जिम्मेवारी दिइएको छ। आजको सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय सदस्य, महकुमा र टाउनका सदस्यहरूले नवनिर्वाचित सदस्यहरूलाई खदामाला लगाई दिँदै आगामी दिनमा पार्टी सधैँ संगठनको साथमा रहेर कार्य गर्ने भन्दै शुभकामना पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *