प्राकृतिक आपदाको सामना गर्न जीटीए तयार : अनित थापा

खरसाङ : कोरोना भाइरसको महामारीबीच पहाड़मा विस्तारै प्राकृतिक आपदाहरूको सामना गर्नलाई जीटीएले अघिबाटै पूर्ण तयारी गरेको जीटीए चेयरम्यान अनित थापाले बताएका छन्। तिनले पत्रकारहरूसित कुराकानी गर्दै प्राकृतिक आपदाको निम्ति सरकारको प्राकृतिक आपदा प्रबन्धन विभागसँग मिलेर प्रत्येक खण्ड विकास तथा नगरपालिका क्षेत्रहरूमा कमिटी तयार पारिसकेको तिनले जानकारी गराए। कोरोनासँगको लडाईमा जसरी सबैजना एकसाथ भएका छौँ, त्यसरी नै यो प्राकृतिक आपदाको समयमा पनि सबै एकैसाथ भएर लड्नुपर्ने तिनले अनुरोध गरे। तिनले मानिसहरूलाई सर्तक र सजग रहने साथै प्राकृतिक आपदाबाट आफैलाई सुरक्षित राख्ने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *