प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेहरूका लागि खरसाङको गुम्बामा म्हाणी मोलम पाठ

खरसाङ (निसं): प्राकृतिक प्रकोप पछि टिस्टा नदीको बाढमा ज्यान गुमाउनेहरुको लागि खरसाङको बौद्ध गुम्बामा आज प्रार्थनासहित म्हाणे मोलम गरियो। प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेहरूका आत्मा शान्तिको लागि साथै सांगेको सिङखाममा बास रहुन भन्ने हेतुले लोपेन फुर्बा छिरिङ घिसिङको अगुवाईमा खरसाङको मन्टिभियट रोडमा रहेको महायाना बौद्ध सङ्घ टाँसी साम्तेलिन गुम्बामा सम्पूर्ण म्हाणीपा आनीहरूद्वारा एकै साथ 108 छिमी (बत्ती) बालेर म्हाणी मोलम पाठ गरियो।


यसको साथै मृतकहरूको पिडित परिवारजन सबैलाई साङ्गेले सहने शक्ति दिऊन् भनी प्रार्थना गरिएको म्हाणीपा सङ्घका सचिव मधु तामाङले जानकारी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *