प्रणामी मन्दिर रोडस्थित घटनास्थलको भाजपा काउन्सिलर अमित जैनद्वारा निरीक्षण, मनिटरिङ कमिटी गठन गर्नुपर्ने सुझाउ

सिलगढी : सिलगढी नगरनिगमको 40 नम्बर वार्डको प्रणामी मन्दिर रोड इलाकामा निर्माणाधीन बहुतले भवनबाट झरेर एकजना श्रमिकको मृत्यु भएको घटनालाई केन्द्र गरेर विरोधी पार्टीहरूले सत्तारूढ सिलगढी नगरनिगमलाई कटाक्ष कसेको छ। सिलगढी नगरनिगम बोर्डले मनिटरिङ कमिटी गठन नगरेको विरोधीहरूले आरोप लगाएको छ। सिलगढी नगरनिगमका विरोध दल नेता तथा भाजपा काउन्सिलर अमित जैनले आज घटनास्थलको निरीक्षण गरेपछि उक्त घटनामा नगरनिगमलाई दोषी ठहराए। तिनले भने, यो अति नै दुखद घटना हो। 15 दिनको अवधिमा सिलगढी नगरनिगम इलाकामा यस प्रकारको दोस्रो घटना हो। यसभन्दा अघिको घटनाबाट शिक्षा लिएर श्रमिकको ज्यान जोगाउन सक्ने थियो। प्रमोटरले आफ्नो फाइदाको लागि मात्र श्रमिकहरूलाई काममा लगाइरहेका छन्। अब फेरि भविष्यमा श्रमिकहरूले प्राण गुमाउन नपरोस् भन्दै तिनले सिलगढी नगरनिगमले चाँडै मनिटरिङ कमिटी गठन गर्नुपर्ने बताए। स्मरण रहोस्, हिजो सिलगढी नगरनिगमको 40 नम्बर वार्डको प्रणामी मन्दिर रोड इलाकामा निर्माणाधीन बहुतले भवनमा काम गरिरहेको समय स्ट्रक्चर भत्किँदा त्यहाँबाट झरेर एकजना श्रमिकको मृत्यु भएको थियो भने अन्य 3 जना घाइते भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *