प्रणब मुखर्जीको निधनले 7 दिनसम्म माकपा-को सबै कार्यक्रम रद्द

सिलगढी : पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनपछि हाल देशभरिमै शोकको माहौल छाएको छ। विभिन्न राजनैतिक दल लगायत संघ-संगठनहरूको तर्फबाट पूर्व राष्ट्रपतिको निधनमा शोक  व्यक्त गर्दै विभिन्न श्रद्धाञ्जलि कार्यक्रमहरूको आयोजना भइरहेको छ। यसै क्रममा यता सिलगढीको बाघाजतीन पार्कअघि माकपाका कार्यकर्ताहरूले आफ्नो पूर्व घोषित विरोध समावेश कार्यक्रम रद्द गरिदिएको छ। पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनमा शोक व्यक्त गर्दै माकपा कार्यकर्ताहरूले उक्त समावेश रद्द गरेको बताइएको छ। पार्टीले आगामी 7 दिनसम्म कुनै प्रकारको कार्यक्रमको आयोजना नगर्ने माकपा-का वरिष्ठ नेता अशोक भट्टाचार्यले बताए। यस अवसरमा तिनले दिवङ्गत प्रणब मुखर्जीको पुरानो यादहरू सबैसित साझा गर्दै तिनलाई स्मरण गरे। यस अवसरमा जीवेश सरकार लगायत माकपाका अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *