प्रणय शंकरको कविता संग्रह “काँसभाँड़ा”-को लोकार्पण

सोनादा (निसं): कवि प्रणय शंकरकृत प्रथम कविता संग्रह “काँसभाँड़ा”-को विधिवत रूपमा लोकार्पण गरियो। उक्त कविता संग्रहको लोकार्पण रंगबुलस्थित सार्वजनिक भवनमा नव जागृति सङ्घ शिव मन्दिर गाउँ, गोर्खा बस्ती रङबुलको आयोजनामा सम्पन्न भएको थियो। आरजे समीर छेत्रीले सञ्चालन गरेको कार्यक्रमलाई साहित्यकार गोकुल सिन्हाले अध्यक्षता गरेका थिए भने कार्यक्रममा डा. कविता लामा, डा. हर्क बहादुर छेत्री, वरिष्ठ साहित्यकार मनप्रसाद सुब्बा, प्रवीण राई जुमेली, डा. सुकराज दियाली, प्राध्यापक कबीर बस्नेत, पवित्र लामा  लगायत मिरिक, दार्जिलिङ, खरसाङ अनि कालेबुङबाट आएका साहित्यकारहरू र स्थानीय मानिसहरू लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रममा कवि पवित्र लामाले आफ्नो अभिसङ्गी कविता वाचन गरिन् भने दार्जिलिङ महाविद्यालय नेपाली विभाग तेस्रो सत्रकी विद्यार्थी मन्दिरा रावत, स्मिता खड्का, स्मिता सोताङ, सबनम खातुन अनि अन्यहरूले कविताहरू कविताहरू पठन गरेका थिए।

यसरी नै अनिर तामाङ (दार्जिलिङ्गे कान्छा)-ले आफ्नै शब्द अनि संगीतमा रहेको बोनस नामक गीत प्रस्तुत गरेका थिए। यता कार्यक्रम अध्यक्ष,अथिति, कविता संग्रहका कवि प्रणय शंकर, उनकी धर्मपत्नी रचना रावत अनि कविका माताको बाहुलीबाट काँस भाँड़ाको विधिवत रूपमा लोकार्पण गरियो। यस अवसरमा बुक आण्टको पक्षबाट कवि राजा पुनियानी अनि सुरज गुरूङले सर्जक प्रणय शंकरलाई स्मृति चिन्ह अनि खदा पहिराएर सम्मान जनाए। यसरी नै किताबलाई लिएर प्राध्यापक कबीर वस्नेतले समीक्षात्मक वार्ता प्रस्तुत गरे। अर्कोतिर कार्यक्रम अवधि साहित्य बनाम राजनीति विषयमा विमर्श गरियो। उक्त विमर्शमा कवि तथा पत्रकार मनोज बोगटी सहजकर्ताको रूपमा उपस्थित थिए भने प्यानलमा वरिष्ठ साहित्यकार मनप्रसाद सुब्बा, डा. कविता लामा अनि डा. हर्कबहादुर छेत्री उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes