प्रणयको जोडी गोलले आमुक्त परिवार विजयी

सुकना : प्रणय राईको जोडी गोलले युनाइटेड दार्जिलिङलाई पराजित गरेर आमुक्त परिवार पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएसनको तत्वावधानमा सम्पन्न भइरहेको यस फुटबल गोल्ड कप प्रतियोगिता अन्तर्गत आज खेलिएको प्री-क्वार्टर म्याचमा आमुक्त परिवारले युनाइटेड दार्जिलिङलाई 2-0 गोलले पराजित गर्यो।


आमुक्त परिवारका खेलाडी प्रणय राई(जर्सा नम्बर 7)ले दुवै गोल गरे। आजको रोमाञ्चक म्याचमा 2 गोल गरेर आफ्नो टोलीलाई जिताउनको साथै क्वार्टर फाइनलको टिकट दिलाउने प्रणय राईलाई म्यान अफ् द म्याच चयन गरेर प्रमुख अतिथि छिरिङ दाहालको बाहुलीबाट ट्रफी प्रदान गरियो। यस प्रतियोगिताको पहिलो क्वार्टर फाइनल खेल आगामी 1 फरवरीको दिन युकेएफसी खरसाङ बनाम नवाङकुर संघ सिलगढीमाझ हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *