प्रणेश भण्डारीको 29 वर्षको आयुमा निधन भएपछि शोकको लहर

सुकेपोखरी: युवा शक्तिलाई एउटा छुट्टै पहिचान दिन आवश्यक रहेको सोंच लिएर राजनीतिमा पाइला टेकेका नवोदित कवि एवं दार्जीलिङ डेमोक्रेटिक फोरम सुकेपोखरी प्रतिनिधि प्रणेश भण्डारीको 29 वर्षको उमेरमा दुःखद निधन भयो । सुकेपोखरी खण्ड अन्तर्गत पोख्रेबुङ ग्राम पञ्चायत तीनको नागरी फार्म चियाबारी स्कूल गाउँ निवासी प्रणेशको निधनले क्षेत्रमा शोकको लहर छाएको छ। मोहनलाल शर्मा अनि रञ्जना शर्माको छोरा रहेका प्रणेश अध्ययन पछि विगत केही वर्षसम्म रोजगारको सिलसिलामा अन्यत्र रहेका थिए । चियाकमान र चिया श्रमिकको अवस्था व्यवस्थासित परिचित तिनले श्रमिकको हक र हितको निम्ति डटेर वकालत गर्ने अड़ान लिएका थिए । तिनको निधनमा डीडीएफले समवेदना व्यक्त गर्दै तिनलाई श्रद्धाञ्जली अर्पण गरेर दिवङ्गत आत्मा शान्तीको कामनामा मौन धारण गरेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *