प्रसनजीतको नजिकको मानिने सुशान्त दास पुलिस हिरासतमा

सिलगढी : सिलगढीको एनजेपी स्टेसन परिसरबाट आज प्रसनजीत रायको एकदमै नजिकको मानिने सुशान्त दास उर्फ बाबुलाई पुलिसले हिरासतमा लिएको छ। पुलिसले तिनलाई हिरासतमा लिएर एनजेपी थानामा लगेपछि आज साँझको समय त्यहाँबाट भक्तिनगर थानामा लगेको बताइएको छ। सुशान्त सहित हरिबिशु शर्मा र राम महातोलाई पनि पुलिसले हिरासतमा लिएको छ। घटनाक्रमअनुसार हिजो एनजेपी ड्राई पोर्टमा स्थानीय श्रमिकहरूलाई नियुक्त गरिनुपर्ने मागलाई लिएर आईएनटीयुसीका कर्मचारीहरूले विक्षोभ प्रदर्शन गरे। यस अवधि दुई पक्षमाझ विवाद हुँदा एनजेपी ड्राई पोर्टको शुल्क कार्यालय तोड़फोड गरेको आरोपमा 6 जना व्यक्तिलाई पक्राउ गरेको थियो। यसैको प्रतिवाद जनाउँदै आज सुशान्तको नेतृत्वमा एनजेपी स्टेसन परिसरमा वाहनहरूको चलाचल लगायत दोकानपाटहरू पूर्ण रूपले बन्द गराइरहेको देखेपछि पुलिसले तिनलाई हिरासतमा लिएर थानामा लगेको बताइएको छ। यसको साथै हिजो एनजेपी ड्राई पोर्टमा भएको हमला तथा तोड़फोड़को घटनामा सुशान्त सामेल थिए अथवा थिएनन् भन्नेबारे जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *