प्रशासक अशोक भट्टाचार्य स्वस्थ, चिकित्सकको परामर्शमा गर्दैछन् घरमा आराम

सिलगढी सिलगढीका पूर्व मेयर तथा प्रशासक मण्डलीका चेयरम्यान अशोक भट्टाचार्य हाल स्वस्थ छन्। तिनले डाक्टरको परामर्शअनुसार केही समयको लागि अहिले घरमा आराम गरिरहेका छन्। तिनले फोनमार्फत् दिएको जानकारीअनुसार हाल आफू स्वस्थ रहेको तर डाक्टरको परामर्शअनुसार घरमै आराम गरिरहेको बताए। स्मरण रहोस्, गत बिहिबार प्रशासक अशोक भट्टाचार्य आफ्नो शरीरको तापमान अचानक बढ़ेपछि तत्कालै डाक्टर कहाँ उपचारको लागि गएका थिए। सोशल मीडियामा उक्त खबर फैलिन साथ मानिसहरूमा भयको माहौल सृष्टि भएको थियो। यसैले गर्दा तिनको स्वास्थ्यबारे जानकारी लिन चाहँदा तिनले आफू हाल स्वस्थ रहेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *