प्रशासक गौतम देवद्वारा 23 नम्बर वार्डमा सम्पन्न द्वारे सरकार शिविरको परिभ्रमण

सिलगढी : राज्यको विभिन्न ठाउँहरूमा द्वारे सरकारको दोस्रो शिविर शुरू भएको छ। यसै क्रममा सिलगढीको विभिन्न ठाउँहरूमा पनि द्वारे सरकार शिविरको आयोजना गरिएको छ। उक्त क्याम्पमा विशेष गरेर राज्य सरकारको नयाँ परियोजना लक्ष्मी भण्डारको सुविधा पाउनको लागि महिलाहरूको निक्कै भीड रहेको छ। सिलगढी नगरनिगम अन्तर्गत पर्ने वार्ड नम्बर 23-को माइकल मधुसुदन विद्यापीठमा आयोजना गरिएको द्वारे सरकार शिविरको आज सिलगढी नगरनिगमका प्रशासक गौतम देवले परिभ्रमण गरे। यस अवसरमा तिनले मानिसहरूले सटीक रूपमा द्वारे सरकार शिविरमार्फत् विभिन्न परियोजनाहरूको लाभ उठाउन सकोस् भनेर आफूले सहरको विभिन्न ठाउँमा आयोजित गरिएको शिविरहरूको परिभ्रमण गरिरहेको बताए। विभिन्न ठाउँमा भीड नियन्त्रण गर्नको लागि लक्ष्मी भण्डार परियोजनाको केही काउन्टरहरू महिला कलेजमा सारिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *