प्रशासक गौतम देवद्वारा मेडिकल कलेज एवम् सिलगढी अस्पताललाई पीपीई किट्स प्रदान

सिलगढी : सिलगढी नगरनिगमका प्रशासक गौतम देवले आज उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका अधिकारीलाई 100 वटा पीपीई किट्स प्रदान गरे। यसको साथै सिलगढी जिल्ला अस्पतालमा पुगेर तिनले स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको लागि अस्पतालका सुपरलाई पीपीई किट्स प्रदान गरे। यस अवसरमा तिनले सिलगढी जिल्ला अस्पतालई 50 वटा अनि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा 100 वटा पीपीई किट्स प्रदान गरेको बताए। यसको साथै नगरनिगमका स्वास्थ्य कर्मीहरूलाई पनि 50 वटा पीपीई किट्स प्रदान गरेको बताउँदै कोरोनाको टीकाकरण तीव्र गतिमा चलिरहेको जनाए। अर्कोतिर, उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका डीन डा. सन्दीप सेनगुप्ताले कोरोना महामारीको पहिलो चरणदेखिनै गौतम देवले अस्पताललाई विविध सामग्री प्रदान गर्दै आइरहेका छन् भने आज पनि 100 वटा पीपीई किट्स प्रदान गरेको बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *