प्रशासक गौतम देवद्वारा सिलगढी नगरनिगमको बोरो कार्यालयहरूको परिभ्रमण

सिलगढी : हाल कोरोनाको बढ्दो संक्रमण स्थितिबीच सिलगढी नगरनिगमको बोरो कार्यालयलाई सक्रिय राख्ने नवनियुक्त प्रशासक गौतम देवले पहल शुरू गरेका छन्। तिनले आज सिलगढी नगरनिगमको 2 र 3 नम्बर बोरो कार्यालयको परिभ्रमण गरे। तिनले हिजो सिलगढी नगरनिगमको प्रशासकको कार्यभार ग्रहण गरेको लगत्तै एकदिन पछि आज धेरैवटा महत्वपूर्ण बैठक गर्नको साथै प्रशासक बोर्डका सदस्यहरूलाई साथमा लिएर आज सिलगढी नगरनिगमको 2 र 3 नम्बर वार्डको बोरो कार्यालयको परिभ्रमण गरे। यस अवधि तिनले बोरो अधिकारीहरूसित एउटा बैठक गरेर हाल कोरोनाको महामारीमा बोरो कार्यालयले के-कस्तो पहल गर्नुपर्छ भन्ने विषयमा चर्चा परिचर्चा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *