प्रशासक गौतम देवले गरे विभिन्न विभागका अधिकारीहरूसित महत्वपूर्ण बैठक

सिलगढी : सिलगढी नगरनिगमका प्रशासक गौतम देवले आज सिलगढी सहरमा रहेको जामको समस्या, कोरोनाको भ्याक्सिन, अक्सिजन प्लान्टबारे विभिन्न विभागका अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा परिवहन, स्वास्थ्य विभाग तथा पुलिस अधिकारीहरू उपस्थित थिए। बैठकमा गौतम देवले भने, सहरमा टोटो नियन्त्रण गरेकोले जामको समस्यामा केही हदसम्म समाधान भएको छ। तथापि, सहरलाई पूर्ण रूपमा जामको समस्या समाधान गर्नको लागि सिलगढी नगरनिगम तथा पुलिस प्रशासन तत्पर रहेको तिनले बताए। सिलगढी सहरमा रहेको बस स्ट्यान्डहरूलाई सहरदेखि बाहिर अन्य ठाउँमा सारिने निर्णय लिएको तिनले बताए। यसको साथै उत्तरबंग मेडिकल कलेज एवम् अस्पताल तथा सिलगढी जिल्ला अस्पतालमा चाँडै स्थायी अक्सिजन प्लान्ट शुरू गरिने अनि सहरका सबै मानिसहरूलाई चाँडै कोरोनाको भ्याक्सिन लगाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *