प्रशासनिक अधिकारीहरूको आश्वासनपछि जमिनदाताहरूद्वारा धरना फिर्ता

राजगञ्ज : जलपाईगढी जिल्लाको ल्यान्ड लुजर कमिटीका सदस्यहरूले प्रशासनको आश्वासन पाएर 11 दिनपछि धरना फिर्ता लिएका छन्। गत 6 जनवरीदेखि राज्यगञ्जको गेटबजारमा उक्त कमिटीका सदस्यहरू नोकरीको माग गर्दै धरनामा बसेका थिए। अन्ततः बिहिबार एक्जुकेटिभ म्याजिस्ट्रेट सदर स्वपन कुमार पात्र, राजगञ्ज पञ्चायत समितिका सभापति पुर्णिमा राय, राजगञ्जका खण्ड विकास अधिकारी एनसी शेर्पा धरना स्थलमा पुगेर ती प्रदर्शनकारी जमिनदाताहरूसँग कुराकानी गरेर आश्वासन दिएपछि उक्त धरना फिर्ता लिएको बताइएको छ। ती जमिनदाताहरूलाई एक महिनाभित्रमा सरकारी नोकरीको ग्यारेन्टी नदिए तिनीहरूले वृहत्तर आन्दोलन गर्ने चेताउनी दिएका छन्। एक्जुकेटिभ मजिस्ट्रेट सदर स्वपन कुमार पात्रले आन्दोलनकारीहरूलाई धेरै समयसम्म सम्झाई बुझाई गरेपछि अन्ततः तिनीहरूले धरना फिर्ता लिए। यसको साथै नोकरीबारे उच्च अधिकारीहरूलाई जानकारी गराइसकेको साथै अधिकारी पक्षबाट दिएको जानकारी पनि तिनीहरूलाई अवगत गराउने तिनले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *