प्रशासनिक अधिकारीहरूद्वारा सिलगढीको कावाखालीमा प्रधानमन्त्रीको जनसभा स्थलको निरीक्षण

सिलगढी : प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 10 अप्रेलको दिन सिलगढीको कावाखालीमा भाजपाको जनसभालाई सम्बोधन गर्ने भएका छन्। उक्त जनसभामा धेरै संख्यामा पार्टीका कार्यकर्ता तथा समर्थकहरूको उपस्थिति रहने भाजपा सूत्रमार्फत् थाहा लागेको छ। प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रशासनिक तयारी जोड़तोड़ चलिरहेको छ भने कावाखाली मैदानमा जनसभाको लागि मञ्च बनाउने काम शुरू भइसकेको छ। प्रधानमन्त्री कार्यालयका उच्च पदस्थ अधिकारीहरू लगायत एसपीजी टोलीका अधिकारीहरूले आज जनसभा स्थलको निरीक्षण गरे। यसबाहेक सिलगढी पुलिस कमिश्नर डीपी सिंह, डिप्टी पुलिस कमिश्नर (सदर) जय टुडू लगायत अन्य पुलिस अधिकारीहरू तथा  बिजुली र दमकल विभागका कर्मचारीहरू पनि सुरक्षा स्थितिको जाँच गर्न जनसभास्थल पुगे। यस अवसरमा भाजपा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष प्रवीण अग्रवाल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरू पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *