प्रशासनको तत्परतामा वर्द्धवान रोडको जर्जर सड़कको मरमतिको काम शुरू

सिलगढी : सिलगढीको वर्द्धवान रोडमा सड़क मरमतिको काम शुरू भएको छ।  सड़कको मरमतिको काम शुरू भएपछि साधारण मानिसहरूले राहतको श्वास फेरेका छन्। सिलगढीको वर्द्धवान रोड सहरको सबैभन्दा व्यस्त सड़कहरूमध्ये एउटा सडक हो। यस सड़कमा फ्लाईओभरको निर्माण गरिरहेकोले वन वे यातायात व्यवस्था गरिएको छ। वर्षाको कारणले झन्कार मोड़देखि केही टाढासम्म सड़कको अवस्था जर्जर बन्नको साथै सडकको ठाउँ-ठाउँमा ठुल्ठुला खाल्डो बनेको छ। यसले गर्दा प्रायःजसो सड़क दुर्घटनाहरू हुने गर्दछ। यस जर्जर सड़कको खबर सिलगढी टाइम्स-मा प्रकाशित गरिएको थियो। सिलगढी नगरनिगमको 7 नम्बर वार्डका पार्षद पिन्टु घोष र डेपुटी मेयर रञ्जन सरकारले पीडब्ल्युडी प्रबन्धनसित कुराकानी गरेपछि गत 5 जुलाईदेखि सड़क मरमतिको काम शुरू भएको छ। स्थानीय मानसिहरूको भनाइअनुसार सडकको अवस्था जर्जर बनेकोले गर्दा निक्कै समस्याको सामना गर्न परिरहेको थियो। हाल उक्त सड़कको मरमतिपछि समस्याको समाधान भएको छ। यस सम्बन्धमा 7 नम्बर वार्डका पार्षद पिन्टु घोषले भने, उक्त सड़क धेरै समयदेखि जर्जर स्थितिमा रहेको थियो। सड़कको मरमतिको लागि पीडब्ल्युडीसित कुराकानी गरेपछि हाल मरमतिको काम शुरू भएको छ भने केही काम बाँकी रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *