प्रशासनले भत्काइदियो साहू नदी नजिकको अवैध बाँध

सिलगढी: भू-माफियाले साहू नदी नजिक अवैध बाँध बनाएको थियो भने त्यसलाई जिल्ला प्रशासनले भत्काइदिएको छ। सिलगढी इस्टर्न बाईपास नजिक जलडुमुर इलाकामा साहू नदीमाथि अवैध फलामको पुल बनाएर भू-माफियाहरूले त्यहाँको जमिन बिक्री गर्ने योजना बनाएको थियो। तर प्रशासनले यसबारे थाहा पाएपछि उक्त पुल भत्काइदिएको छ। जिल्ला प्रशासन अनि एनजेपी पुलिसको उपस्थितिमा आज अवैध बाँध भत्काइदिएको छ।  यसैगरीपुलिसले भू-माफियाहरूलाई पक्रिनको लागि अभियान शुरू गरेको बताइएको छ।  प्राप्त जानकारी अनुसार सिलगढी पुलिस कमिश्नरेटको विभिन्न थाना इलाकामा गत केही दिनदेखि शुरू गरेको अभियानमा हालसम्म 52 भन्दा अधिक भू-माफियाहरूलाई पुलिसले पक्राउ गरिसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *