प्रसवकालमा महिलाहरूको मृत्यु रोक्ने उद्देश्यले अलिपुरद्वारको डुवर्सकन्यामा बैठक

अलिपुरद्वार : प्रसव अवधि महिलाहरूको मृत्यु रोक्न तथा गर्भवती महिलाहरूलाई उचित परिसेवा प्रदान गर्ने उद्देश्य लिएर आज अलिपुरद्वार जिल्लाको डुवर्सकन्यामा एउटा बैठक गरियो। उक्त बैठकमा जिल्लाशासक सुरेन्द्र कुमार मिना, जिल्ला मुख्य स्वास्थ्य अधिकारी डा. सुमित गाङ्गुली लगायत विभिन्न ब्लकका स्वास्थ्य अधिकारी, चिकित्सक एवम् गत दुई महिनामा मृत्यु भएका सबै गर्भवती आमाको परिवारका सदस्यहरू उपस्थित थिए। जिल्ला मुख्य स्वास्थ्य अधिकारी डा. सुमित गाङ्गुलीले भने, यस वर्ष हालसम्म सबै जिल्लामा प्रसवकालमा 7 जना महिलाको मृत्यु भएको छ भने गत 2 महिनामा 3 जनाको मृत्यु भएको छ। यी सबै विषयमा आज बैठकमा चर्चा परिचर्चा गरियो। कुनै लापर्वाही हो, परिसेवामा कुनै त्रुटि रहेको छ अथवा कसरी राम्रो परिसेवा दिन सकिन्छ भन्ने विषयमा बैठकमा छलफल गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *