प्रस्तावित गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतना मुलक कार्यक्रम धोत्रे बालासनमा सम्पन्न

धोत्रे बालासन: नव सृजनशिल समाज धोत्रे बालासनको आयोजनामा तथा अधिर राईको सक्रियतामा गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतना मुलक कार्यक्रम धोत्रे बालासन प्राथमिक पाठशाला भवनमा सम्पन्न भयो। उक्त कार्यक्रममा गोर्खा च्यारिटेबल हस्पिटलका साङ्गठनिक समितिका महासचिव सुरेन प्रधानले गोर्खा च्यारिटेबल हस्पिटलको विषयमा बताए । तिनले बताए अनुसार यो प्रस्तावित गोर्खा च्यारिटेबल हस्पिटल 250 बेडको हुनेछ र यो सालबारी र सुकुनाको बीचमा निर्माण गरिने योजना रहेको छ भने उक्त प्रस्तावित अस्पतालमा सबै बिमारीको उपचार सुलभ मूल्यमा उपलब्ध रहने साथै हस्पिटल सँगै एउटा भवन निर्माण गरिने जहाँ थोरै खर्चमा बिरामीको घर परिवार बस्न सक्ने अनि सबै प्रकारको जाँचहरु पनि त्यसै हस्पिटलमा नै उपलब्ध रहने छ। उक्त प्रस्तावित हस्पिटल ट्रस्टले सञ्चालन गरिने छ भने हस्पिटलले कहिले पनि व्यावसायिक रुप धारन गर्न नसक्ने दावी गर्दै यसको निम्ति सबै तप्काका मानिसहरुको सहयोगको खाँचो रहेको तिनले बताए । यस अवसरमा सभाध्यक्ष राजेन राई लगायत अन्य वक्ताहरूले पनि गोर्खा च्यारिटेबल हस्पिटलको परिकल्पनाबारे अवगत गराउँदै उक्त पहल स्वागत योग्य रहेको बताए। यसको साथै सबैले एक जुट भएर गोर्खा च्यारिटेबल हस्पिटलको निर्माणमा सहयोग गर्न पर्छ भनी जोड दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *