प्रथम दर्जामा उतीर्ण हुने विद्यार्थीहरू सम्मानित

सुकेपोखरी: दार्जीलिङ सेवा संस्था पोख्रेबुङ ब्राञ्च संयोजक राजेश खवासले यस वर्षको उच्च माध्यमिक परीक्षामा उत्कृष्ट प्रतिशत अङ्क प्राप्त गरेका तीनजना विद्यार्थीलाई तिनीहरूको घरमै गएर शैक्षिक प्रगतिको कामना गर्दै सम्वर्द्धना जनाए। पोख्रेबुङ उच्चतर माध्यमिक विद्यालयबाट विज्ञान विषयको परीक्षामा यस वर्ष तीनजना विद्यार्थी क्रमैले कृतिका ठकुरीले 82 प्रतिशत, पूनम लेप्चाले 76.2 अनि दिवासा रोयले 74 प्रतिशत अंक ल्याएर प्रथम दर्जामा उतीर्ण गरेका छन्।


डीएसएस प्रमुख खवासले विद्यार्थीहरूलाई सम्मानित गर्दै शैक्षिक विकाशसँगै स्वर्णिम भविष्यको शुभकामना व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *