प्रार्थी अरूण सिंग्चीको मिरिक सौरेनी बजारमा रोड शो

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सौरेनी समष्टिका प्रार्थी अरूण सिंग्चीले आफ्नो समर्थकहरूसित आज शुक्रबार जीटीए चुनाउ प्रचारको अन्तिम दिन मिरिक सौरेनी बजारमा रोड शो गरे। धेरैजना समर्थकहरूको साथमा गरिएको आजको रोड शो-ले सौरेनी बजारको परिक्रमा गर्दै मतदाताहरूलाई अरूण सिंग्चीको पक्षमा मतदान गरिदिने अनुरोध गरे। यस अवसरमा बोल्दै भागोप्रमो प्रार्थी अरूण सिंग्चीले भने, सौरेनीवासीको लागि मैले विगतमा धेरै कार्य गरेको छु भने अब चुनाउ जितेर अझ काम गर्नेछु। सौरेनी समष्टिको लागि धेरै कार्य गर्ने योजना बनाएको छु। जनताको साथमा रहेर नै काम गर्नेछु। तिनले जनसेवा नै मेरो उद्देश्य हो भन्दै आफुलाई मतदान गरेर जिताए, आगामी 5 वर्ष जनताको साथमा रहेर काम गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *