प्रार्थी छोटन किस्कूको समर्थनमा बाइक र्‍यालीको आयोजना

खोरीबारी : फाँसीदेवा विधानसभा क्षेत्रका तृणमूल प्रार्थी छोटन किस्कूको समर्थनमा आज बाइक र्‍यालीको आयोजना गरियो। उक्त बाइक र्‍याली खोरीबारी प्रखण्ड अन्तर्गत पर्ने बिन्नाबारी पञ्चायतको चक्करमारीबाट शुरू गरेर यहाँको विभिन्न इलाकाहरूको परिक्रमा गर्यो। बाइक र्‍यालीको माध्यमद्वारा प्रार्थी किस्कूले आफ्नो समर्थनमा मतदान गर्ने सबैसित अपील पनि गरे। उक्त र्‍यालीमा प्रार्थी छोटन किस्कू, वासुदेव राय, हीरणमय राय, दिलीप सिंह, सागर मालाकार, गणेश मुर्मू लगायत पार्टीका कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *