प्रार्थी केशवराज पोख्रेलको समर्थनमा चुनावी सभा

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा विनय खेमा सुके मानेभञ्ज्याङ समष्टि अन्तर्गत रियाङ बस्तीमा आज चुनावी सभा सम्पन्न भयो। समष्टि समन्वय समिति अध्यक्ष उदय देवानको विशेष उपस्थितिमा प्रार्थी केशवराज पोख्रेलको समर्थनमा सम्पन्न चुनावी सभालाई सम्बोधन गर्दै वक्ताहरूले भाजपा गोर्खा जातिको भानवासित राजनीति गर्ने दल रहेको आरोप लगाए। विगत लोकसभा र विधानसभा चुनाउमा जिताएर पठाएको भाजपाका एमपी र एमएलएले गोर्खाको हितमा कुनै पहल नगरेको तिनीहरूले बताए। गोर्खाको भोटले जीत हासिल गरेर भाजपाले आफ्नो चौकी सुरक्षित राख्ने गरेको आरोप लगाउँदै वक्ताहरूले यस पटकको चुनाउमा प्रार्थी केशवराज पोख्रेलको पक्षमा मतदान गरेर विपुल मतले विजय बनाउने अपीलसित गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *