प्रार्थी केशवराज पोख्रेलले रिम्बिक लोधोमा क्षेत्रमा गरे चुनाउ प्रचार

रिम्बिक: आफ्नो चुनावी कार्यक्रमलाई निरन्तर राख्दै गोजमुमो विनय खेमा प्रार्थी केशवराज पोख्रेल दार्जिलिङको सुदुरवर्ती रिम्बिक लोधोमा समष्टि पुगेका छन।बिहानै झेपीबाट निस्केका पोख्रेल सुम्बुक हुँदै काकेबुङ भएर रिम्बिक लोधोमा प्रवेश गरे, जहाँ तिनलाई समष्टि सभापति नोर्देन शेर्पा लगायत पार्टीका समर्थकहरूले स्वागत जनाए।


त्यसपछि तिनी सोझै लोधोमा बजार पुगेर चुनाउ प्रचार गरे। यस अवसरमा भूतपूर्व दागोपाप पार्षद एसके लामालाई तिनको निवासमा पुगेर भेट गरे। यसपछि गोजमुमो लोधोमा शाखाद्वारा आयोजित चुनाव ऱ्यालीमा प्रार्थी कोशवराज पोख्रेलले सहभागिता जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *