प्रार्थी नर्बुजी लामाको पक्षमा मिरिक सिस्नेमा विद्यार्थीहरूद्वारा चुनाउ प्रचार जारी

मिरिक : गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा मिरिक चिफ कोअर्डिनेटर सङ्गम प्रधानको अगुवाइमा अनि 26 नम्बर समष्टि संयोजक सुमित थापाको नेतृत्वमा मिरिक महकुमा अन्तर्गत सिस्ने शाखामा उम्मेद्वार नर्बुजी लामाको पक्षमा चुनाउ प्रचार गरे। बहुमतले जिताउन सक्रिय रूपमा प्रचार प्रसार गर्दै सिस्ने गाउँका विद्यार्थी अनि अभिभावकहरूलाई मतदान गर्ने अपील गर्यो। विद्यार्थीहरूको सुन्दर भविष्य निर्माण गर्न उम्मेद्वार नर्बुजी लामालाई टेबलको चिन्हमा मत खसाल्ने अपील गरे। विद्यार्थीहरू नै भोलिको कर्णधारहरू हुन् भन्दै  यस पालिको चुनाउ केवल चुनाउ मात्रै नभएर गोर्खा जातिको निम्ति चुनौती रहेको बताउँदै विद्यार्थी मोर्चाले गाउँ गाउँमा अभिभावकहरूलाई सम्झाउने कार्य लगातार गरिरहेको विद्यार्थी नेता सङ्गम प्रधानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *