प्रार्थी रूदेन लेप्चाको समर्थनमा कास्योङमा चुनावी सभा

कालेबुङ : गोजमुमो विनय खेमाका कालेबुङ विधानसभाका प्रार्थी रूदेन सादा लेप्चाले कालेबुङ क्षेत्रको विभिन्न ठाउँहरूमा गएर आफ्नो चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा आज यहाँको 39 नम्बर समष्टिको कास्योङमा सिन्कोना बगानका श्रमिकहरूलाई लिएर एउटा चुनावी सभा गरे। तिनले चुनावी सभालाई सम्बोधन गर्दै यसपल्टको चुनाउमा नयाँ सोँच नयाँ विचारलाई हेरेर कालेबुङ तथा पहाडको चौतर्फी विकासको लागि विनय अनित खेमाका प्रार्थीहरूलाई सिटीको चिन्हमा मतदान गरेर बहुमतले विजय बनाउने तिनले सबैसित अपील गरे।


गोजमुमो विनय समूहको पक्षमा चुनाउमा खडा भएका रूदेन लेप्चाको समर्थनमा सिन्कोना प्लान्टेसन लेबर युनियन अनि समष्टिको संयुक्त आयोजनामा आजको चुनावी कार्यक्रम सम्पन्न गरिएको बताइएको छ। चुनावी सभामा स्थानीय मानिसहरूले प्रार्थी रूदेन लेप्चालाई भव्य स्वागत जनाउँदै आफूहरूले तिनकै पक्षमा मतदान गरेर सिन्कोना बगान तथा आफ्नो क्षेत्रको विकास गर्ने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *