प्रार्थी रूदेन लेप्चाले 34 नम्बर समष्टिका विभिन्न वार्डहरू लगायत ग्रामीण क्षेत्रमा गरे चुनाउ प्रचार

कालेबुङ: गोजमुमो विनय पन्थी कालेबुङ आसनका प्रार्थी रूदेन सादा लेप्चाले आज कालेबुङको 34 नम्बर समष्टि अन्तर्गत पर्ने विभिन्न वार्डहरू लगायत ग्राम पञ्चायत क्षेत्रको भ्रमण गरेर चुनाउ प्रचार गरे। 34 नम्बर समष्टि अन्तर्गत पर्ने वार्ड नम्बर चारदेखि सुरु भएको चुनाउ जनसम्पर्क अभियान अवधि उम्मेदवार रूदेन सादा लेप्चासँग गोजनामो कालेबुङ जिल्ला समिति अध्यक्षा शशी प्रधान, युवा मोर्चा कालेबुङ जिल्ला समिति अध्यक्ष बिदुर राई, सचिव अमीर बस्नेत, नगरपालिका अध्यक्ष रवि प्रधान, विशाल राई लगायत अन्य उपस्थित थिए। समष्टिको चार नम्बर वार्ड अन्तर्गत हस्पिटल एरिया, रेशमबारी, दस माईल, वार्ड नम्बर सात, पाँच, होम्स ग्राउन्ड, होम्स इच्छे, शेर्पागाउँ, होम्स डी ब्लक, बरपीपल गाउँ, महाकाल डाँडा, आदि क्षेत्रमा पुगेर उम्मेदवार रूदेन सादा लेप्चाले बुथ स्तरीय सभाहरू गरे। यसअवधि नै एमआर सप डिलर एसोसिएसनले गोजमुमो विधानसभा क्षेत्रका उम्मेदवार रूदेन लेप्चालाई समर्थन जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *