प्रतिबन्धित कफ सिरप र नशालु ट्याबलेटसहित एकजना पक्राउ

कालचिनी : गोप्य सूचनाको आधारमा एसएसबी 53औँ बटालियनका जवानहरूले अभियान चलाएर प्रतिबन्धित नशालु ट्याबलेट र कफ सिरपसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक कालचिनी निवासी सायन गुहको रूपमा चिन्हित गरिएको छ।


प्राप्त जानकारीअनुसार आज एसएसबीका जवानहरूले राङ्गामाटी रोड इलाकामा अभियान चलाएर 180 बोतल प्रतिबन्धित कफ सिरप र धेरैमात्रामा प्रतिबन्धित नशालु ट्याबलेटसहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। यसको साथै एउटा वाहन पनि आफ्नो नियन्त्रणमा लिएको छ। एसएसबीले पक्रा गरेको व्यक्तिलाई कालचिनी पुलिसलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *