प्रतिबन्धित कफ सिरपलगायत अन्य समान जफत

कुचबिहार : कुचबिहार जिल्लाको बङ्ग्लादेश सीमासँग संलग्न फुलबारी अनि अमृत इलाकाबाट बीएसएफ 47औँ बटालियनले 40 बोतल कफ सिरप, 8 वटा बनारसी साड़ी अनि एउटा गोरू जफत गरेको छ। गोप्य सूचनाको आधारमा सीमा थाना फुलबारी अनि अमृत इलाकामा तैनाथ बीएसएफका जवानहरूले उक्त सामान जफत गरेको बताइएको छ। जफत गरिएको सामानहरू शितलकुची पुलिस थाना तथा बनारसी साड़ीहरू कस्टम अफिस सिताईमा जम्मा गरेको बीएसएफ सूत्रमार्फत् थाहा लागेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *