प्रतिबन्धित कफ सिरप सहित युवक पक्राउ

सिलगढी : भक्ति नगर थाना पुलिसले प्रतिबन्धित कफ सिरपसहित सुरज विश्वकर्मा नाम गरेको युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। सिलगढीको तोरीबारी सालुगढा इलाकामा एकजना युवक प्रतिबन्धित कफ सिरप ब्रिकी गर्न आएको भक्ति नगर थाना पुलिसले गोप्य सुइँको पाएपछि उक्त इलाकामा अभियान चलाएर युवकलाई रोकेर छानबीन गर्दा 24 बोतलभन्दा अधिक कफ सिरप उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले उक्त युवकलाई पक्राउ गरेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *