प्रतिबन्धित कफ सिरप, 2 लाख रुपियाँ सहित व्यक्ति पक्राउ

खोरीबारी :  प्रतिबन्धित कफ सिरप, 2 लाख रुपियाँ सहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति पानीट्याङ्कीको गौडसिंह जोत निवासी राहुल अधिकारीको रूपमा चिन्हित गरिएको छ। खोरीबारी थाना पुलिसले खोरीबारीको भारत-नेपाल सिमाना पानीट्याङ्कीमा प्रतिबन्धित कफ सिरप, 2 लाख रुपियाँ सहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार नक्सलबारीबाट पानीट्याङ्कीतर्फ आइरहेको समय खोरीबारी थाना पुलिसले एकजना व्यक्तिलाई रोकेर छानबीन गर्दा स्कुटरबाट 28 बोतल कफ सिरप, 2 लाख रुपियाँ उद्धार गरे। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *