प्रतिबन्धित कफ सिरप सहित युवक पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले प्रतिबन्धित कफ सिरप सहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक डागापुर इलाका निवासी राजु रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार राजु राय प्रतिबन्धित कफ सिरप बिक्री गर्ने उद्देश्यले जङ्क्सनमा पुगेका थिए।


गोप्य सूचनाको आधारमा प्रधान नगर थाना पुलिसले जङ्क्सनमा अभियान चलाएर प्रतिबन्धित कफ सिरप सहित उक्त युवकलाई पक्राउ गरेको बताइएको छ। स्मरण रहोस्, गत एक हप्ताको अवधिमा प्रधान नगर थाना पुलिसले लाखौँ रुपियाँको प्रतिबन्धित कफ सिरप सहित 4 जनालाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *