प्रतिबन्धित कफ सिरप सहित 2 जना युवक पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले प्रतिबन्धित कफ सिरपसहित दुईजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकहरू प्रधान नगर थाना संलग्न इलाका निवासी क्रमैले नवीन राय र अर्जुन प्रसाद सामेल छन्। प्राप्त जानकारी अनुसार नवीन र अर्जुनले स्कुटीमा सवार भएर जङ्क्शन, एसएनटी संलग्न इलाकामा प्रतिबन्धित कप सिरप तस्करी गर्ने गरेको प्रधान नगर थाना पुलिसले गोप्य सुइँको पाएपछि सादा पोसाकमा पुलिसले अभियान चलाएर 100 बोतल प्रतिबन्धित कफ सिरप सहित ती दुईजना युवकलाई पक्राउ गरेको बताइएको छ।


जफत गरेको कफ सिरपको बजार मूल्य लगभग 50 हजार रुपियाँ रहेको छ। पुलिसले स्कुटी पनि जफत गरेको छ। दुवै युवक विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *