प्रतिबन्धित कफ सिरप सहित एकजना पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले सिलगढीको एसएनटी बस स्ट्यान्डबाट धेरै मात्रामा मादक पदार्थसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति सिक्किम निवासी सतेन कुमार दर्नालको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति सतेन कुमार दर्नाल एउटा ब्यागमा प्रतिबन्धित कफ सिरप लिएर सिक्किम जाने तर्खरमा थिए। तर यसभन्दा अगावै प्रधान नगर थाना पुलिसले अभियान चलाएर 30 बोतल प्रतिबन्धित कफ सिरपसहित उक्त युवकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *