प्रतिबन्धित कफ सिरप तस्करी गरेको आरोपमा आमा-छोरा पक्राउ

सिलगढी : प्रधान नगर थाना पुलिसले प्रतिबन्धित कफ सिरप तस्करी गरेको आरोपमा आमा-छोरालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरू रोहित चौधरी र उर्मिला चौधरीको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार हिजो आमा-छोराले एउटा ब्यागमा प्रतिबन्धित कफ सिरप लिएर नक्सलबारीबाट सिलगढी नगरनिगमको 1 नम्बर वार्डको डिजल कोलनी इलाकामा आइपुगेको खबर पाएपछि प्रधान नगर थाना पुलिसले घटनास्थलमा पुगेर छानबीन गर्दा 45 बोतल प्रतिबन्धित कफ सिरप उद्धार गर्नको साथै आमा-छोरालाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *